एक साता बालुवाटार नछाड्न ओलीलाई चिकित्सकको सुझाव

शनिबार, कार्तिक १७, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले एक साता प्रधानमन्त्री निवास वालुवाटार नछाड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका ओलीलाई अझै एक साता आरामको आवस्यकता रहेकाले चिकित्सकले आराम गर्न भनेका हुन् ।

थप सक्रमणबाट बच्न तथा औषधिको पुर्ण मात्रा मिलाउन एक साताको आराम आवश्यक रहेको उपचारमा संलग्न बरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीले बताएका छन् । उनले भने, बाहिर हुलमुलमा निस्कदा सक्रमणको संभावना बढी हुने भएकाले थप केहिदिन प्रधानमन्त्री निवासमै आराम गर्न र भेटघाट कम गर्न भनेका छौं । यो बीचमा प्रधानमन्त्रीलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिने सायमीको भनाई छ ।

एक्कासी अस्वस्थ भए पछि गत सोमबार बिहान राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको थियो ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank