समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउँछौँः प्रधानमन्त्री

शुक्रबार, भदौ २९, २०७५



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन् । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताएका हुन् ।

लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ’ ओलीले भने ‘हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदैे भने ‘नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ ।’

उनले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले विगतमा विभिन्न कारणले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याउने तथा नयाँ उद्योगको स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको जानकारी दिए ।

बन्द भएका उद्योगको सञ्चालन पछि थप रोजगारीको अवसर सिर्जना हुने र नयाँ उद्योग स्थापनापछि आर्थिक विकास तथा समृद्धिका लागिसमेत योगदान दिने भएकाले सरकार सोही वातावरण बनाउन लागिपरेको स्पष्ट पारे ।

औद्योगिक क्षेत्रमा विनाहिचकिचाहट लगानीका लागि लगानीकर्तालाई आह्वान गर्दै उनले लगानीका लागि एकद्वार प्रणालीको विकास गरिने धारणा राखे ।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank