नीति–कार्यक्रम र वजेटमार्फत तराईको विकास र समृद्धिका चासोहरू सम्बोधन गर्नेछुः प्रधानमन्त्री ओली

मङ्लबार, जेष्ठ १, २०७५



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत तराई–मधेसको विकास र समृद्धिका साचोहरू सम्बोधन गर्ने बताएका छन् । प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन आग्रह गरेपछि ओलीले तराई–मधेसको विकासमा आफू प्रतिवद्ध रहेको बताएका हुन् ।

भेटपछि उनले ट्वीट गर्दै भनेका छन् ‘प्रदेश २ का सांसदहरूको सर्वदलीय प्रतिनिधि मण्डलसँग भेट हुँदा खुशी लाग्यो। शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई तथा डुवान समस्याको समाधानका लागि उहॉहरूले देखाउनु भएको अग्रसरताप्रति धन्यवाद।सरकारको नीति–कार्यक्रम र वजेट मार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन हुनेछन्।’

सांसदहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका थिए ।

ओलीले  मैथली भाषामा पनि ट्वीट गरेका छन् ।

kp sharma oli twit

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank