प्रधानमन्त्रीलाई साक्षि राखेर ६ सयभन्दा बढी दिनको हाजिरी अनुमोदन !

आइतवार, बैशाख २३, २०७५



काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौंमा बसेर राजनीति गर्ने एक सहप्राध्यापकको हाजिरी अनुमोदन प्रधानमन्त्री केपी ओलीलाई साक्षी राखेर गराउन लागिएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा आइतबार बस्ने त्रिवि सभाको बैठकमा सहप्राध्यापक योगेन्द्रनारायण बडबरियाको हाजिरी अनुमोदन गर्न लागिएको हो । त्रिवि सभाले सिराहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पसमा पढाउन छाडेर त्रिवि प्राध्यापक संघको राजनीतिक गर्ने बडबरियाको ६ सयभन्दा बढी दिनको हाजिरी अनुमोदन गर्न लागेको जानकारी स्रोतले दिएको छ ।

त्रिविको आइतबार हुने बैठकको अन्तिम कार्यसूचीमा बडबरियाको हाजिरी अनुमोदन गर्ने प्रस्ताव छ । संघको सभापतिको पदावधि चार वर्षअघि नै सकिए पनि उनी अझै दरबन्दी भएको क्याम्पसमा नगई राजधानीमा बसेर राजनीतिक गरिरहेका छन् ।

‘एउटा शिक्षकको हाजिरी अनुमोदन प्रधानमन्त्रीबाट गराउनु परेपछि अब बाँकी केही रहेन’ त्रिवि स्रोतले भन्यो, ‘त्रिवि पदाधिकारीले प्रधानमन्त्रीलाई समेत गुमराहमा राखेर फसाउँदैछन् ।’ त्रिविका कर्मचारीले यस विषयमा प्रधानमन्त्रीलाई सचेत रहन आग्रह गरेका छन् ।

प्राध्यापक र कर्मचारी संघको काम गरेर काजमा भन्दै तलबभत्ता बुझ्दै आएका शिक्षक, कर्मचारीका नेतालाई तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम फिर्ता गराएको थियो । कान्तिपुरबाट

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank