भारत कट्टरपन्थी विचारधारा र जातीवादको हातमा छ- प्रधानमन्त्री खान

शुक्रबार, कार्तिक २९, २०७६



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एसियामा शान्ति स्थापना गर्न भारत र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिएका छन्। दक्षिण एसिया, मध्य पूर्वमा शान्ति र विकासको बारेमा मार्गला संवाद(Margalla Dialogue ) २०१९ को समापन सत्रलाई सम्बोधन गर्दै उनले क्षेत्रीय शान्तिको लागि आह्वान गरेका हुन् ।

“एक अर्कासँग लडाई गर्नुको सट्टा हामी (पाकिस्तान र भारत) मिलेर गरीबी, जलवायु परिवर्तन र भोकमरीको चुनौतिलाई लड्न सक्छौं।” प्रधानमन्त्री खानले बिहिबार बताए ।

इरान-साउदी अरेबिया र इरान-अमेरिकी द्वन्द्वको चर्चा गर्दै प्रधानमन्त्री खानले भने- ” पाकिस्तान अरु कुनै देशसँग युद्ध लड्न चाहदैन ।” उनले अन्तर्राष्ट्रिय समुदायलाई भारतको कारण दक्षिण एसियामा एउटा गम्भीर अवस्थाको विकास हुँदै गएको बताए । साथै चेतावनी दिँदै भने- “यो समय आयो कि अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रमा प्रवेश गर्नुपर्दछ। अन्यथा नतिजाले सम्पूर्ण संसारलाई असर गर्ने छ। ”

उनका अनुसार भारत ‘कट्टरपन्थी विचारधारा र जातीवादको हातमा’ छ, जसले दक्षिण एसियाली क्षेत्रमा ‘घृणाको विचारधारा’लाई बढावा दिइरहेको छ। “भारत कहाँ गइरहेको छ, कसैलाई थाहा छैन। मानिसहरू डराउँछन्। मिडिया सत्यतथ्य पस्किन डराइरहेको छ। यसले विनाशतर्फ डोर्याउँछ  र भारतले दुःख भोग्छ” – उनले थपे।

प्रधानमन्त्रीले भने कि भारतले घृणा गर्ने विचार र कश्मीर मुद्दाका कारण पाकिस्तान पनि खतराको क्षेत्रबाट बाहिर छैन। “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्धा गल्लीमा छन्। काश्मिरका मान्छेहरू १०० दिनदेखि कर्फ्यूमा बसिरहेका छन् ।मानव अधिकारको दुरुपयोग भएको छ र नागरिक स्वतन्त्रता हरण गरिएको छ। “मुस्लिम नेतृत्वलाई जेलमा राखिएको छ र युवा मानिसहरूलाई रातको अन्धकारमा पक्राउ गरिएको छ,” उनले भने।

प्रधानमन्त्री खानले भने-  ‘पाकिस्तानले अब कुनै पनि देशको युद्धमा कुनै गठबन्धनमा सामेल हुने छैन बरु “मेलमिलापकर्ता वा पुल निर्माणकर्ता” को भूमिका खेल्ने छ। “पाकिस्तानले विगत चार दशकमा आफ्नो विदेश नीतिबाट पाठ सिकेको छ र हामी कसैको निम्ति युद्ध लड्ने छैनौं,” खानको दाबी थियो ।

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata