काश्मीरका कारण ‘भारत-पाकिस्तान’ युद्ध भए शक्ति राष्ट्र जिम्मेवार : प्रधानमन्त्री खान

बिहिबार, साउन ३०, २०७६



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विवादित काश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए विश्व शक्ति राष्ट्र त्यसको जिम्मेवार हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानले काश्मीरको हैसियतसम्बन्धि विगतका संयुक्त राष्ट्रसंघका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू असफल हुँदा अहिलेको अवस्था आएको उल्लेख गरेका छन् । अगस्टमा भारत सरकारले भारत–प्रशासित काश्मीरको विशेष राज्यको दर्जा खारेज गरेर ठूलो रणनीतिक त्रुटि गरेको खानको भनाई थियो ।

यस वर्षको १४ अगस्ट अर्थात् पाकिस्तानी स्वतन्त्रता दिवसको दिन काश्मीरसँग एकता दिवसको रूपमा मनाउन भन्दै प्रधानमन्त्री इमरान खान बुधवार पाकिस्तान–प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगे।

उनले सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतको संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आखिरी कार्ड खेलेको र यो हिटलरको नाजीका निम्ति फाइनल सोल्युशन जस्तै भएको बताए। उनले अब भारतले पाकिस्तान प्रशासित काश्मीरमा कुनै कदम चाल्न सक्ने आशंका पनि व्यक्त गरे ।

सम्बोधनका क्रममा उनले युद्धले कुनै समाधान नदिने बताए । तर यदि भारतले उल्लङ्घन गरे त्यसका निम्ति पाकिस्तान तयार रहेको र त्यसपछि हुने युद्धको निम्ति बाँकी विश्व पनि जिम्मेवार हुने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata