पाकिस्तानी प्रधानमन्त्री खान वासिङ्गटन डिसीमा

आइतवार, साउन ५, २०७६



एजेन्सी । तीन दिने अमेरिका भ्रमणमा गएका पाकिस्तानका प्रधानमन्त्री इमरान खान वासिङ्गटन डिसी स्थित पाकिस्तानी एम्बेसीमा पुगेको पाकिस्तानी सरकारले एक ट्वीट मार्फत जानकारी दिएको छ ।

अमेरिका भ्रमणमा खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् । प्रधानमन्त्री खानले पाकिस्तानी एम्बेसीमा व्यापारी र लगानीकर्ताहरुसँग भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री खानले शान्त छिमेकको नीति लिएर अगाडि बढेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata