प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

शुक्रबार, भदौ २०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

दुई साता लामो उपचार पश्चात स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्या सिंह शाहले जानकारी दिएकी छिन । उनले एक प्रेस विज्ञप्ती मार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी हुन ।

सिंगापुर स्थित नेशनल यूनिर्भसिटी अस्पतालमा उनको उपचार भएको थियो । नयाँ प्रविधिबाट शरिरमा बढी मात्रामा रहेको एन्टिबडीलाई हटाउने काम पूरा भएको विज्ञप्तीमा जनाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य छ । उहाँ नियमित काममा फर्कन सक्नु हुनेछ । विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ताे छ विज्ञप्ती 

oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata