“”

म नभएको भए स्थानिय तह नै बन्ने थिएनः प्रधानमन्त्री

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानिय तह निर्माणको सबै जस आफुले पाउनुपर्ने बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने भएकाले त्यसको जस आफुले पाउनुपर्ने बताए ।

बिहीबार राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब स्थानिय तह बनेपछि नयाँ नेपाल बन्ने बताए । स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध आफुले लामो संघर्ष गरेको बताए । ‘अन्ततः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सहितका स्थानीय तह बनाउन सकिएको छ’ उनले भने ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’

चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने बताए । चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने उनले दावी गरे । ‘देशमा ठूला राजनैतिक परिवर्तन भएपनि जनताको जीवन परिवर्तन नहुँदा जनतामा निराशा बढेकाले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’ उहाँले भन्नुभयो ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुने छ ।’

उनले यो सरकारले अहिलेसम्म हुन नसकेका काम गरेको पनि बताए । सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पु¥याउने लगायतका महत्वपूर्ण काम गरेको बताउनुभयो । ‘अव आर्थिक बृद्धिदर ७.५ पुग्छ’ – उनले भने ।

876 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank