ओलीले चीन भ्रमणका उपलब्धि सांसदलाई बाड्दै

मङ्लबार, असार १२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा भएका उपलब्धि सार्वजनिक गर्ने भएका छन् । भ्रमणका क्रममा भएका सम्झौता र छलफलका विषयमा ओलीले आज सदनलाई जानकारी गराउने भइका छन् । ६ दिने चीन भ्रमणको उपलब्धी, सम्झौताका विषयमा आज संसदलाई जानकारी गराउे उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले आज संसदलाई सम्वोधन गर्ने र भ्रमणका विषयमा जानकारी गराउनुे जानकारी दिए । उनका अनुसार दिउँसो ४ बजे सम्वोधनको तयारी छ । संसदको बैठक भने ११ बजे नै बोलाइएको छ ।

चीन भ्रमणका सम्बन्धमा भएका प्रगति र नेपालले राखेका प्रस्तावका विषयमा जानकारी गराउने उनले बताए । चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको थियो ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank