कक्षा १२ को वार्षिक परीक्षा आजबाट शुरु

अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख जरिवाना

आइतवार, बैशाख १५, २०७६



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट शुरु हुदैँछ । यस वर्षको परिक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी हुदैँछन् ।  आज(आइबार) बाट शुरु हुने परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ ।

यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा  पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।  कक्षा ११ र १२ गरि कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुदैँछन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको  छ । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ ।

यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata