आहा रारा गोल्ड कप खेल्न अमेरिकाबाट १८ जना खेलाड़ीहरु छनौट

आइतवार, पुस ३, २०७३

- बिजय थापा



वाशिंगटन डीसी ।

आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुन अन्तराष्ट्रिय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि डीसीमा छनौट प्रक्रिया सफलता पूर्वक सम्पन्न भएको छ  ।

डीसी क्षेत्रको भर्जि्नियामा आज अमेरिकाको बिभिन्न राज्यहरुबाट आएका करीब ५० जना दोश्रो पुस्ता तथा  नेपालमा राष्ट्रिय स्तरमा खेली सकेका खेलाड़ीहरु बिच भएको छनौट प्रकियामा छनौट प्रक्रिया समितिले अन्तीम १८ जना खेलाड़ीलाई छनौट गरेको छ ।

खेल समाप्त पछि रात्रि भोजको आयोजना सँगै छनौट प्रक्रिया समितिले १८ जना उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीको घोषणा सबै खेलाड़ीहरुलाई एक – दुई दिन भित्रमा सूचना दिने बताए ।

सबै खेलाडीलाई यसपाली छनौट भएन भनेर निरास नहुन आग्रह गर्दै यसपटक नभए अर्को साल हुन्छ भन्ने सोच्न आग्रह गरेको छ ।  अहिल सबैलाई आ–आफ्नो ठाउँ जानू भन्दै उत्कृष्ट खेलाड़ीको छनौट हुने प्रतिबद्धता जाहेर गरेका छन ।

छनौट प्रक्रिया समितिले अन्तीम समयमा १८ जना खेलाड़ी बाहेक ६ जना अन्य अतिरिक्त खेलाड़ीहरुको पनि छनौट गरिने जानकारी दिएको छ ।

यसको अतिरिक्त कम्तिमा ३ जना ब्यवस्थापन समिति बाट पनि खेलाड़ीहरुलाई नेपाल लिएर जाने भएका छन ।
एएनए ,नेपाली अमेरिकन फूटबल (भकुण्डो) टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने ।

आइतबार छनौट प्रक्रिया खेल प्रारम्भ गर्नु अगाडी औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमलाई सौजन्यता गर्ने बिशिष्ट ब्यक्ति, खेलाड़ी, कार्यक्रम संयोजन गर्ने अधिकारी, छनौट प्रक्रियाका पदाधिकारी, एएनएका पदाधिकारीले छोटो मन्तब्य राखेका थिए ।

अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौसला तथा प्रोत्साहन दिन डीसीबासी नेपाली समुदायको उपस्थिति रहेको थियो ।

एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य राख्दै प्रक्रिया छनौट पूर्ण निष्पक्ष तथा खेलाड़ीको प्रदर्शन अनुसार छनौट हुने बताए । अधिकारीले संस्थाका सभापति शम्भू ढुंगाना तथा एएनएका शुभचिंतक अम्बिका अधिकारीको तर्फबाट शुभकामना सन्देश सुनाएका थिए । उनले यसले नेपाल र अमेरिकाको खेलकूदको साथै खेलाडीहरुको समेत बिकास हुने बताए ।

छनौट प्रकिया खेल अगाडी चन्द्र लामा, मुुकुुन्द ढुंगाना, उमेश प्रधान, गौरी जोशी, बिना खड्का लामा, मेदिनी अधिकारी, बानाका पूर्व अध्यक्ष बिजय श्रेष्ठ लगायत अन्यले मन्तब्य राखेका थिए ।

मन्तब्य दिनेहरुले अमेरिकाबाट नेपाली मुलका खेलाड़ीहरु मातृभूमि पुगी खेल्न लागेको यो पहिलो अवसर भएकोमा हर्ष ब्यक्त गरेका थिए ।

सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तराष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ ।

एएनएनको  बिशेष पहलले समाजमा राम्रो सन्देश पुगेको छ । सकारात्मक रुपमा समुदायले हेर्न थालेका छन ।  संस्था अझ मजबूत हुने छ भन्ने बिश्वास गरिएको छ ।

369 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv