प्रधानमन्त्रीद्वारा रात्रीभोजको आयोजना, नेकपा सांसदलाई अनिवार्य उपस्थिती हुन ह्विप जारी

आइतवार, माघ १९, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार रात्रीभोजको आयोजना गरेका छन । प्रधानमन्त्रीले रात्री भोजमा अनिवार्य उपस्थिती हुनका लागि सांसदहरुलाई ह्विप जारी गरेका छन । भोजमा सहभागी हुन ६ बजे साँझ वालुवाटार छिरिसक्न सांसदहरुलाई आग्रह गरिएकाे छ ।

सर्वाधिक चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने उद्धेश्यले रात्रीकालिन भोजको आयोजना गरेको नेकपा स्रोतले जनाएको छ । त्यस्तै नेकपा केन्द्रिय कमिटीको चार दिन देखि जारी बैठकमा एमसीसीबारे पक्ष विपक्ष देखा परेसँगै प्रधानमन्त्रीले नयाँ रणनीति अपनाएको बताइएको छ ।

नेकपाको केन्द्रिय कमिटी बैठकले एमसीसी बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन ।  वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।  एमसीसीबारे नेता भीम रावल लगायतले विरोध जनाउँदै आएपनि प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अनुमोदन हुनु पर्ने भन्दै निर्णय गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments