प्रत्यक्षदर्शी भन्छन्–तीन चक्कर घुमेर जहाज बेपत्ता भयो, एकैछिनमा दुर्घटनाको आवाज आयो

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको खर्पुनाथ गाउँपालिका –२ को बाहुनखर्कमा दुर्घटना भएको छ । प्रत्यक्षदर्शीका अनुसार  तीन चक्कर घुमेर जहाज बेपत्ता भएको थियो । त्यसको केही छिनमै दुर्घटनाको आवाज आएको थियो ।

जहाजमा चालक किरण भट्टराई र  सहचालक आदित्य नेपाली थिए । जहाज १२ हजार ८ सय मिटर उचाइमा रहेको पहाडमा ठोकिएर खसेको थियो । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको 9N-AJU C208B जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।

महाप्रवन्धकका दुई विज्ञप्ती

महाप्रवन्धकका दुई विज्ञप्ती

महाप्रवन्धकका दुई विज्ञप्ती

2158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank