यसरी भयो त्रिभुवन विमानस्थलमा विमान दुर्घटना, ४९ को मृत्यु

सोमवार, फाल्गुन २८, २०७४



 बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु र चालकदलका ४ सदस्यसहित  काठमाडौं आएको यूएस बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त हुँदा  ४९ को मृत्यु भएको छ ।

सातामा चार दिन ढाका–काठमाडौं उडान भर्दै आएको ७८ सिट क्षमताको विमान सोमबार दिउँसो सवा २ बजे अवतरणको समय थियो । विमानस्थल स्रोतका अनुसार कोटेश्वरतर्फबाट छिर्ने धावनमार्गको विन्दु (जिरो टु) बाट अवतरणका लागि अनुमति दिइएको थियो । तर चालकदलले पहिलो पटकको प्रयासमा कोटेश्वरतर्फको धावनमार्ग प्रयोग गरेनन् । चालकले विमानलाई विमानस्थलबाट करिब एक किलोमिटर वरबाटै ललितपुरको आकाश हुँदै भक्तपुर चाँगुनारायणतर्फ मोडेका थिए । विमानस्थललाई बायाँ पार्दै उडेको विमानबाट पाइलटले टावरमा रहेका एयर ट्राफिक (एटीसी) लाई बौद्धतर्फको धावनमार्ग प्रवेश गर्ने विन्दु (टु जिरो) बाट अवतरण गर्ने जानकारी दिएका थिए । ‘हामीले जिरो टुबाट छिर्न भनेका थियौं तर एटीसीको अनुमति नलिई विमान उत्तरतर्फ लागेको थियो,’ एक एटीसीले भने, ‘हामीले टु जिरो (बौद्धतर्फको प्रवेश विन्दु) बाट आउन भन्यौं तर यो अवतरण नगरी फेरि चाँगुनारायणतर्फको आकाशमा गयो । त्यहाँ दुई/तीन फन्का लगायो ।’

plane

एटीसीको निर्देशन ‘अवज्ञा’ गर्दै चाँगुनारायणको आकाशमा जहाज उडेपछि त्यहीबेला एटीसीले यसैको पछिपछि आएको बुद्ध एयरको विमानलाई अवतरण गराएका थिए । ‘जहाजको उडान गतिविधि असामान्य लागेपछि काठमाडांै टावरबाट एटीसीले कुनै समस्या छ भनी पनि सोधेका थिए,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘तर पाइलटले सबै ठीक छ भनी जवाफ दिए ।’ पाइलटले ठीक छ भनेपछि फेरि एटीसीले बौद्धतिर वा कोटेश्वरतर्फ जतासुकैबाट अवतरण गर्न छुट दिएको ती अधिकारीको दाबी छ ।

‘दुवै विन्दु खुला राख्दै फेरि अवतरण गर्न भनिएपछि यो विमान अवतरणका लागि बौद्धतर्फबाटै पस्यो, तर जहाज ढलमलको अवस्थामा थियो,’ त्यहीबेला विमानस्थलमै भएका अर्का एटीसीले भने, ‘हाम्रा साथीहरूले तिमी अवतरण गर्ने मध्यरेखामा छैनौं भनी सचेत पनि गराएका थिए, तर यो असन्तुलन हुँदै आन्तरिक जहाज पार्किङ भएको क्षेत्रको आकाश हुँदै विमानस्थलभित्र पस्यो, धावनमार्गमा टेक्न सकेन ।’ ती प्रत्यक्षदर्शीका अनुसार जहाज धावनमार्गको तेस्रो र चौथो ट्याक्सी–वेको बीचबाट पेप्सीकोलातर्फ छडकियो । धावनमार्गभित्र पाङ्ग्रा नटेकी एकतर्फको मात्रै ल्याडिङ गियर (पाङ्ग्रा) ले बाहिर टेकेर विमान तारजालीबाट बाहिर हुत्तिएपछि दुर्घटना हुन पुग्यो ।

873 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank