सिरियामा रुसी विमानमाथी आक्रमण, चालकको मृत्यु

आइतवार, माघ २१, २०७४



काठमाडौं । सिरियामा रुसी विमानमाथि आक्रमण भएको छ । आक्रमण पछि रुसको एक जंगी विमान जमिनमा खसेको र विमानका चालकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेको इद्लिबमा विमानमाथि आक्रमण भएको हो । रुसी मन्त्रालयका अनुसार विमानमा आक्रमण भएपछि चालक हामफाले पनि बाँच्न सफल नभएको जनाएको छ । विमान कसले खसाल्यो भन्ने बारे केही खुलेको छैन ।

रुसले सिरियामा रहेका विद्रोही समूहलाई त्यहाँको सरकारसँग मिलेर कारबारही अभियान चलाउँदै आएको छ । रुसको सहयोगमा सिरियाले विद्रोही विरुद्धको कारबाहीलाई समेत तिब्र पारेको छ ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank