यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो

बिहिबार, कार्तिक २२, २०७५

इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ। जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ।

डुरियन फलविमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो। अन्तत: डुरियनका बोराहरू विमानबाट निकालियो र निर्धारित समयभन्दा एक घण्टा ढिलो विमान आफ्नो गन्तव्यतर्फ उड्यो।

श्रीविजया एअरले गन्हाउने भए पनि डुरियन फलको कार्गो बोक्नु आफ्नो अधिकारभित्र नै रहेको जनाएको छ। उडान नियमावली पालना गरेर राम्ररी राखिएको डुरियन बोक्नु गैरकानुनी नभएको र धेरै विमानसेवाले त्यसो गर्ने उसको दाबी छ। काँडेदार डुरियनलाई एशियाका धेरै ठाउँमा स्वादिष्ट मानिन्छ। तर सबैलाई त्यो फल मन पर्छ भन्ने छैन।

श्रीविजया एअरको विमान

चर्को गन्ध आउने भएकाले केही देशमा सार्वजनिक यातायात, होटल र विमानमा पनि यसको ओसारपसार गर्न रोक लगाइएको छ।

241 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank