१६ दिनमा १३ अर्बका तीन विमान भित्रिए

शुक्रबार, असार २२, २०७५



काठमाडौं । असारको पहिलो साता (४ देखि १९ गते) यता मंगलबारसम्म नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका छन् । नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा १४ अर्ब पुग्छ।

असार ४ गते निजी क्षेत्रको श्री एयरलाइन्सले करिब ८९ करोड रुपैयाँ हाराहारीमा क्यानडाली सीआरजे ल्याएको थियो भने १४ गते सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ११ अर्ब ८४ करोड हाराहारीमा एयरबसको ब्रान्ड न्यु ए३३० वाइड बडी विमान ल्याएको थियो।

त्यसैगरी मंगलबार निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब ७ करोड रुपैयाँमा ७२ सिट क्षमताको टर्बोप्रोप इन्जिनयुक्त एटीआर ७२–५०० विमान थपेको छ।

अब बुद्धसँग दुई प्रकार (एटीआर र बिचक्राफट) का ११ वटा वायुयान पुगेका छन्। बुद्धले यो विमान फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीमार्फत लिज पर्चेजमा ल्याएको हो। विमान बुद्धकै एटीआर पाइलट प्रमोद थापा र आर श्रेष्ठले फ्रान्सको टुलुजबाट इजिप्ट, मस्कट हुँदै काठमाडौं ल्याएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीका अनुसार बुद्धले यो विमान ९७ लाख ९८ हजार १ सय ५७ अमेरिकी डलरमा खरिद गरेको हो। नेपाल सरकारले विमान खरिदमा १ प्रतिशत भन्सार शुल्क तोकेको छ। मंगलबार बेलुकी काठमाडौंमा अवतरण भएको एटीआर विमानको बुद्धले बुधबार १ करोड ८ लाख १४ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिरेको छ। कान्तिपुरबाट

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank