जहाज अवतरणका क्रममा धावन मार्गबाट चिप्लियो

सोमवार, बैशाख ९, २०७६



रामेछाप । अवतरणको क्रममा रामेछाप विमानस्थलको धावन मार्गबाट जहाज चिप्लिएको छ । लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट  चिप्लिएको हो ।

नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान सोमबार अवतरणका क्रममा हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको विमानस्थलले जनाएको छ । दुर्घटनामा मानविय क्षती भने भएको छैन । अहिले रनवे बन्द गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata