पेस्तोल सहित दुई जना पक्राउ

सोमवार, असार ९, २०७६



मोरङ । पेस्तोल सहित दुई जना पक्राउ परेका छन । बेलबारी नगरपालिका ४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने ३४ वर्षीय कन्सा माझी पक्राउ परेका हुन ।

उनीहरुको साथबाट लाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को।१७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियार सहित फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata