पृथ्बीनारायण शाहको दृष्टिकोण वर्तमान सरकारका लागि प्रेरणा : राष्ट्रपति

शुक्रबार, पुस २७, २०७५



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको  दृष्टिकोण वर्तमान सरकारका लागि प्रेरणा हुनसक्ने बताएकी छन् । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको सामयिक दृढ संकल्प पूरा गर्नका लागि पृथ्वीनारायण शाहको  दृष्टिकोण प्रेरणादायी हुने बताएकी हुन्।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा  सन्देश जारी गर्दै जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका यी जीवन्त दृष्टिकोणहरूबाट वर्तमान सरकारले प्रेरणा लिन सक्ने पनि स्पष्ट पारिएको छ।

राष्ट्रपति भण्डारीले निकालेको विज्ञप्तिमा ‘नेपाल एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहले नरोक्ने भन्दै स साना टुक्रामा विभक्त नेपाललाई एकीकृत गर्नमा पृथ्वीनारायण शाहको ठूलो भूमिका रहेको औँल्याइएको छ। ‘

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank