बङ्गुरपालन व्यवसायले परिवारमा खुसी ल्यायो

आइतवार, मंसिर १९, २०७३

loading...


पाल्पा, १९ मङ्सिर । विदेशमा श्रमको मूल्य नपाउँदाको पीडा कस्तो होला ? ऋण खोजेर कतार पुगेका पाल्पा चाँपपानी गाविस– ५, चुनडाँडाका कोशल गाहाले व्यहोर्नु परेको घटना हो ।

कतारमा पैसा कमाएर ल्याउने आस गरेका गाहाले घरमा फर्कने बेला एक महिनाको तलब पाएनन् । तलब नपाएपछि कम्पनीका सबै साथीसँग मिलेर आन्दोलन गर्दा उनी प्रहरी नियन्त्रणमा तीन दिनसम्म बस्नुपर्यो ।

विदेशमा भएको दुःख र कष्टले घर फर्किन बाध्य गरायो र पाल्पा आएपछि केही बङ्गुरका पाठी किनेर व्यावसायिक बङ्गुरपालनले बिस्तारै गाहाको दिनचार्यामा परिवर्तन आउन थालेको हो ।

ऋण खोजेर परदेशिएकालाई तलब नपाउँदाको पीडा कम हुँदैन । त्यही पीडा सम्झेर बङ्गुरपालन गर्न थालेका उनी अहिले जिल्लाकै बङ्गुरपालन गर्ने नमुना किसान हुन । फार्ममा बङ्गुरका पाठापाठी बाह्रौमहिना खेलिरहदाँ गाहालाई रमाइलो लाग्छ । पीडाले पाठ सिकाएपछि बङ्गुरपालन गर्न थालेसँगै भएको आम्दानीले परिवारमा पनि खुसी ल्याएको उनले बताए ।

यस भेगमा बङ्गुर बिरामी भएमा गाहालाई सोध्न आउँछन् । बङ्गुरले दानापानी खाएन, दिसापिसाब भएन, मुखभरि र्याल निकाल्यो, अब के गर्ने भन्दै उनको घरमा गाउँलेको फोन आइरहन्छ ।

गाहाले टेलिफोनबाट नै सबै प्रकारका समस्या समाधान पनि गर्दै आएका छन् । तिनलाई औषधिमुलो गर्ने मात्र होइन बङ्गुरले बच्चा पाउन सकेन भने शल्यक्रिया गरी बच्चा निकाल्न पनि पशुचिकित्सकको साहायता उनलाई चाहिदैन ।

सामान्य लेखपढन गरे पनि गाहामा बङ्गुर सम्बन्धी राम्रो ज्ञान छ । घरमा भएको पाँच सातवटा बङ्गुरको माउ, पाठी र एउटा भाले बङ्गुरले नै गाहाको परिवारमा खुसी ल्याएको हो ।

मासिक सरदर सातसय रियलका लागि कतारमा विद्युत् वाइरिङको काम गर्न झन्डै दुई वर्ष परदेशिएका उनी फर्केपछि वार्षिक पाँच सात लाखसम्म आम्दानी गर्न सफल भए ।

एक बेतमा एउटा बङ्गुरले १५ वटासम्म पाठापाठी पाउँछ । पाठापाठी उत्पादन गरी बेच्ने नै गाहाको प्रमुख व्यवसाय हो । एउटा पाठापाठी तीन हजार ५०० देखि चार हजारमा घरबाटै बिक्री हुन्छ । फर्मबाट उत्पादित बङ्गुरका पाठापाठी जिल्ला बाहिर रुपन्देही, कपिलबस्तु, अर्घाखाँची र नवलपरासीमा पनि निर्यात हुँदै आएको छ ।

517 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom