फुपू र पिलिन

कथा

मङ्लबार, पुस १५, २०७६

- सीता ओझा



आरब्द बिहान जुरुक्क उठ्ने बित्तिकै आफ्नो विस्तारा छोडेर आँखा मिच्दै,हातमा खेलौना र सुरुवाल र ज्याकेट बोकेर, आँखाभरि आँसु पार्दै “फुपू, फुपू” भन्दै फुपूको कोठा भित्र छिर्थ्यो ।

बिस्तारै फुपूको विस्तारा छेउ उभिएर “फुपू यो लुगा, मेरो ” भन्दै विस्ताराभित्र छिर्थ्यो ।
बिस्तारै फुपूले सिरकको न्यानोमा छिराउँदै लुगा लगाइ दिने र आँसु पुछ्दै ” किन रुनु भएको नि भाइ ” भनेर सोध्थिन् ।
” अनि कि फुपू तपाई नि, तपाईँको घर नजानु ल !
” तपाईँ चैँ यतै बस्नु ल ! ”
तपाईसँग म खेल्छु, माम खान्छु,अनि घुम्न पनि जान्छु ।
” अनि नि मलाई बाबाले पिट्नु भयो भने तपाईँले नि बाबालाई पनि पिट्नु ल !”

आरब्दको कुरा सुनेर माधवी छक्क पर्थिन् ।
माधवी दशैमा घर गएदेखि तिहारसम्म आरब्दलाई कसैले गाली गरेको कुटेको नदेखेकी माधवीलाई आरब्दले भनेको कुराले निकै मन छोयो तर सामान्य रूपमा लिइन् ।
बेलाबेला माधवीले आरब्दलाई भन्थिन पनि, “अहिले बाबु सानु हुनुहुन्छ, सबैले माया गर्नु हुन्छ । कसैले पनि पिट्दैन, पिट्नु नै हुँदैन नि, हैन र ! ” भनेपछि मुख आरब्द माघवीको छातीमा टाँसिन्थ्यो, अङ्कमाल गर्दै माधवीको काँधमा चढ्थ्यो । तल झर्थ्यो, लडाउँथ्यो । घुघुती खेलाउन भन्थ्यो, माधवीलाई हात्ती बनाएर माथि चढेर घुम्थ्यो अनि दङ्ग परेर बाहिर खेल्न निस्कन्थ्यो ।

माधवी काठमाडौँ छोडेर तराइ झरेको पनि एक महिना नाघिसकेको थियो । त्यसैले काठमाडौँ फर्कने तयारी गर्दै थिइन् ।
आरब्द छेउमा आएर सोध्यो, ” फुपू के गरेको ? किन यो ब्यागमा लुगा राखेको ? ” माधवीले मिलाएर राखेको नि भनिन्।
आरब्दले विश्वासै गरेन र भन्यो, ” तपाई काठमाडौँ नजानु न , मेरै घरमा बस्नु ल ! यो लुगा यता राख्नु !” भन्दै बाहिर निकालिदियो र ” नाच्न जाऊ ” भन्दै तानेर बाहिर लग्यौ ।

एक छिन नाचेर आरब्द खेल्न निस्कियो । माधवीले हिँड्ने तयारी गरिन् । आरब्द सहित सबैले एउटै टेबलमा बसेर खाना खाए ।आरब्दलाई विद्यालय पुर्‍याएर फर्के पछि माधवी काठमाडौँ फर्किन् ।

आरब्द विद्यालयबाट घरभित्र छिर्दाछिर्दै फुपू,… फुपू… भन्न थाल्यो ।
यताउता सबै खोज्यो ।
कोठाचोटा सबै चाहार्यो ।
कतै नभेटेपछि मनमनै के के बोली रह्यो ।
खाजा खान पनि मानेन ।
विद्यालयकै लुगामा बाहिरै खेले झैँ गर्‍यो ।
एकैछिनपछि बाटोको छेउमा बसेर चिनेकाहरूलाई कोट्याउँदै, ” मेरो फुपू खोइ ? ” भनेर सोधेछ ।
सधैँ घरतिर छिर्ने बित्तिकै मलाई स्याउ भन्दै छिर्ने नातिले हजुरआमालाई वास्तै गरेन ।
हजुरआमाले बल्लतल्ल फकाएर भित्र छिराएको म यतै खेल्छु भन्दै चिसो भुइँमा थचक्कै बस्यो ।

सबैले कामतिर लागे, उठेर टेबुलमा खेलि’राखेको आरब्द एकैछिनमा गायब भयो । अन्धकार छ । यताउत , छिमेकी, बाटो, चिया दोकान कहीँ छैन।

आरब्द … आरब्द भनेर कराए, कहीँ कतै भेटिएन ।
घर वरपरका सबै जम्मा भए ।
घरका सबै आत्तिए, विनीता र गौरवको सासै रोकिएला जस्तो भयो । छिमेकीहरू पनि स्तब्ध थिए ।
ग्वालीमा गाई र बाछो लड्डी गरेर त्यहीँ बेला कोकोहोलो नै भयो ।
के भएछ भनेर हजुरआमा हेर्न गएकी त , नाति ग्वालीको पल्लो छेउमा आकाशतिर औँलाले देखाएर , हेरेर , रोइरहेको भेटियो ।
बाबु तिमी किन यता आएको नि ? आऊ, चिसो भो, भित्र जाऊ भन्दै हजुरआमाले तानेकी मात्रै थिइन्,
ह्वा ह्वा… डाको छोडेर रोइहाल्यो ।
भित्र आउनै मान्दै मानेन।
आकाशका तारा देखाउँदै , ” मेरो फुपू त्यै प्लेनमा आउँदै हुनुहुन्छ, म फुपू आएपछि मात्रै भित्र जान्छु ।
फुपू एक्लै हुनुहुन्छ,
फुपूलाई गर्मीले खल्लखली भयो होला !”
भन्दै गर्‍यो । चकलेट , बिस्कुट , उसको मन पर्ने खेलौना केही हेर्न मानेनन्
गौरव र विनीता गएर काखमा लिन खोजेको गौरवतिर फर्केर पिट्दै गर्न थाल्यो ।
आरब्द निलो भइसक्यो ।

केही गर्दा नमानेपछि विनीताले फुपू माधवीलाई फोन गरिन् र आरब्धलाई कुरा गर्न दिइन्
एक छिन त मोबाइल छुनै मानेन तर लाउटस्विकर अन गरेर फुपूको स्वर सुनाएपछि रूदैरूदै मोबाइल समात्यो र भन्यो,
” अनि कि ….. फुपू ! यति रातीसम्म तपाई कता गको ?
डर लागेन तपाईँलाई !
पिलेनले त ढिला गर्दैन त !
तपाईँ आइ हाल्नु न !
म बाहिर नै छु !
तपाईँको पिलिन हेर्दै छु ।
यतै आँगनमा पिलिन राख्नु ल ।
अनि म तपाइसँगै माम खान्छु नि ल !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments