शरणार्थीको दर्दनाक कहानी: रियो ग्रान्डीले निल्यो २३ महिनाकी बालिका

बिहिबार, असार १२, २०७६



साल्वोडर । साल्वोडरको एक नागरिक तथा उसको दुई वर्षको छोरीको मृत अवस्थामा फेला परेको घटनाले विश्व स्तब्ध भएको छ  । बाउ-छोरी दुवै  मेक्सिकोको सीमामा रहेको रियो ग्रान्डी नदीबाट अमेरिका प्रवेश गर्ने कोशिस गरिरहेका थिए । तर दुवैजना चिप्लिएर लडे । दुवैको  इहलीला गएको आइतबार समाप्त भयो ।

यस घटना सार्वजनिक भएसँगै दुनियाभरका शरणार्थीहरुको आक्रोश चुलिएको छ । कसरी शरणार्थीहरु आफ्नो जिन्दगी खतरामा मोल्न विवश छन्, यस घटनाले उजागर गरेको छ ।

२५ वर्षीय ओस्कार अबलेर्टो मार्टिनेज रामीरेज आफ्नो २१ वर्षीया श्रीमती तानिया भानेस्सा अभालोज र २३ महिनाकी छोरी भ्यालेरिया सहित अप्रिल ३ का दिन एल्साल्भाडोर छोडेर दुईमहिना मेक्सिको र ग्वाटेमालाको सीमानामा रहेको तापाचुलामा बिताएका थिए । त्यसपछि मेक्सिको हुँदै अमेरिका छिर्ने क्रममा  भयानक त्रासदीसहित आइतबार उनीहरुको इहलिला समाप्त भयो ।

घटना कसरी भयो ?

रामीरेजले आफ्नो सानी छोरीलाई ढाडमा राखेका थिए । नदि पार गर्ने क्रममा छोरीलाई आफ्नै टिसर्टभित्र सुरक्षित तवरले लैजानको निम्ति गरिएको पिताको प्रयास नदीको तेज धाराले असफल बनाइदियो  । जसको कारण नदीले बगाएका बाउ-छोरी  मृत अवस्थामा  फेला परेको फोटो विश्वलाई  रुहाउन तम्सिएको छ । पिता पुत्रीको जीवन दुखान्त ढंगले समाप्त भएपनि रामीरेजकी श्रीमती भने नदि पार गर्न सफल भएकी छिन । उक्त घटनासँगै शरणार्थीहरुको दुखद कहानी फेरी एकपटक विश्व हल्लाउन तम्तयार हुँदैछ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata