फोन र इन्टरनेट सेवा नहुँदा स्थानियलाई सास्ती

बुधबार, भदौ २७, २०७५

- देबेन्द्र खड्का



अछाम ।  यो २१ औँ शताब्दीको युग हो । अहिले सबैको हातहातमा प्रबिधी छ । संसारको कुन ठाउँमा के भइरहेको छ सजिलै तरिकाले हेर्न सकिन्छ ।

तर कतिपय गाउँ यस्ता पनि छन् जहाँ फोन गर्नकै बलागि डाडाँ चढ्नुपर्छ वा अग्लो रुखको टुप्पोमा पनि चढ्नुपर्छ । यस्तै समस्या छ अछामको मेल्लेख गाउँपालिका वडानम्बर ६ षोडशाका नागरिकलाई । करिव ५ बर्ष भयो गाउँपालिकाको वडा नम्बर ५ चौखुट्टेमा रहेको नमस्तेको टावर निर्माण गरेको तर, त्यो टवर राम्रोसंग सुचारु भने हुन सकेको छैन ।

स्थानीयकाे मागका अाधारमा नेपाल टेलिकमले नमस्ते टेलिफाेनको  टावर निर्माण गरेको भएपनि झारो टार्ने काममात्रै भएको देखिएको छ । नमस्तेको टावरले अहिले सम्म गाउँमा राम्रोसंग काम नगरेको षोडशाका नागरिकले गुनासाे गरेका  छन् । षोडशाका नागरिक भन्छन्,‘अन्य ठाउँका नागरिक घरभित्रै इन्टरनेट सजिलैसंग चलाउँछन  ।  हामी भने फोन गर्न पनि पाउदैनौँ कस्तो बिडम्बना ’गाउँमा फोनको टावरले काम नगर्दा फोन गर्न पनि एक उकाली चढेर कि त अग्लाे डाँडा नभए अग्लो ठाउँमा भएको रुखको टुप्पो पुग्नुपर्ने समस्या भएको स्थानीय लोक बहादुर खड्काकाे गुनासाे पाेखे ।

फोनको टावरले काम नगर्दा एक ठाउँबाट अर्को ठाउँमा सञ्चार गर्न समस्या भएको छ । नमस्तेको टावरले काम नगरेको गुनासो पटक पटक सम्बन्धीत निकायलाई भन्दा पनि बेवास्ता गरेको नन्देश्वरी माबिका शिक्षक टेकराज भट्टराइले बताए ।

पहिले एक हप्ताजति थ्री जि ले काम गरेर राम्रो संग इन्टरनेट चलेपनि एक हप्ता पछि त्यो पनि बन्द भएको शिक्षक भट्टराइले बताए । ‘हामी त सबैसेवाबाट वञ्चित छौँ न त फोनमा कुरा गर्न पाइन्छ । न त इन्टरनेटमा नै । अरु नागरिक सरह सञ्चारको सेवा कहिले पाउँछौ उनले भने ’
गाउँमा भएको समस्या वडा अध्यक्ष देखि लिएर गाउँपालिकाका प्रमुखलाई भन्दा पनि अहिले सम्म सुनुवाई नभएको उनले बताए ।
प्रक्रिया सुरु भइसकेको छ । अब चाडै काम थाल्छौ भन्ने आश्वासन दिनु भन्दा बाहेक अहिलेसम्म कुनै पनि  पहल नभएको  स्थानीयवासीहरु अाराेप लगाएका छन् ।

यता नेपाल टेलीकम अछामका प्रमुख खडक धामीले भेने चौखुट्टेमा ५० मिटरको टावर निर्माण गर्नुपर्ने भएपनि २० मिटरको टावरमात्रै निर्माण भएकाले समस्या भएको बताए । ठेकेदारले कहिले केहि सामान नभएको कहिले केही नभएको भन्र्दैे झारो टार्ने काम गर्दा समस्या भएको नेपाल टेलीकम अछामका प्रमुख धामीले बताए ।

अहिल षोडशामा मात्रै नभइ अछामका धेरै जसो ग्रामिण क्षेत्रमा नमस्तेको टावर नभएको उनले बताए । खप्तड, कुस्कोट, लगायत अन्य ४,५ ठाउँमा नमस्ते फोनको टावर निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।  टावर निर्माण गर्नुपर्ने ठाउँमा विभिन्न किसिमका समस्या आउँदा काम गर्न समस्या भएको उनको भनाई छ ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank