केही दिन वा घण्टाभित्र डरलाग्दो ज्वालामुखी विस्फोटको खतरा

सोमवार, पुस २८, २०७६



एजेन्सी । दक्षिण पूर्वी एसियाली देश फिलिपिन्समा सक्रिय ‘टाल ज्वालामुखी पर्वत’बाट लाभा निस्किन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट लाभा निस्कन थालेको हो ।

सरकारी अधिकारीलेहरुले अहिले सुस्त रहेको ज्वालामुखी केही घण्टा या दिनभित्र भीषण बिस्फोट हुने चेतावनी दिएका छन् । टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् । टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिसको बसोबास छ ।

Philippines on alert as volcano spews ash, steam and lavaको लागि तस्बिर परिणाम

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि सो क्षेत्रबाट करिब आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो। राष्ट्रपतिले मनिलामा उक्त क्षेत्रको सबै सरकारी कामकारबाही बन्द गर्न निर्देशन दिएका छन् । सबै विद्यालयहरू समेत बन्द गरिएको छ ।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । एउटा विशाल तालको बीचमा रहेको द्वीपमा रहेको सो ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये एक हो। विगत ४५० वर्षमा कम्तिमा ३४ पटक यो ज्वालामुखी विस्फोटन भएको बताइन्छ।

ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सले स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २ः४९ देखि ४ः२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुगेको बताएको छ । लाभाको फोहरा निस्कदा चट्याङ पर्नुका साथै बिजुली चम्किएको उसले जनाइएको छ।

View image on Twitter

फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ। अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी समेत दिएका छन्।

टाढासम्म खरानी फैलिएपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ। ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान प्रभावित भएका थिए । फिभोल्क्सले ज्वालामुखीबाट उडेका टुक्राटाक्री र खरानीले विमानलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको थियो ।

यसअघि सो ज्वालामुखी सन् १९७७ मा विस्फोटन भएको थियो । सन् १९११ मा विस्फोटन हुँदा १ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।

This handout photo taken and received on January 12, 2020 courtesy of Renz Lejarso Guevara shows ash from the Taal volcano (not pictured) in the air, as seen against a church in the foreground in the

Philippines volcano

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments