पेट्रोलियम पाइप लाइनको उद्धघाटन गरिदै

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइप लाइनको उद्घाटन हुँदै छ । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको नेपाल भारत पेट्रोलियम पाइपलाइनको उदघाटन  हुन लागेको हो ।

पाइप लाइनको मंगलबार मध्यान्न १२ बजे नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेर उदघाटन गर्ने कार्यक्रम छ ।

pipeline

प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट अमलेखगञ्जमा तेल खस्नेछ ।

७० किलोमिटर लामो पाइपलाइनबाट प्रतिघन्टा प्रत्येक दिन ४८ लाख लिटल डिजल अमलेखगञ्ज आउनेछ । पाइपलाइन मार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने आयल निगमले जनाएको छ । पाइपलाइन निर्माणकाे सम्पूर्ण खर्च भारतले बेहाेरेकाे हाे । उक्त कार्यकाे निम्ति २ अर्ब २५ करोड भारतीय रुपैयाँ खर्च भएकाे जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments