पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो

सोमवार, फाल्गुन २१, २०७४



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।

यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमले जनाएकाे छ ।   अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको  नेपाल अायल निगमका प्रबक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

263 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank