आयल निगमद्वारा पेट्रोलयम पदार्थ विक्रिमा कोटा निर्धारण

शुक्रबार, अशोज ५, २०७५

- भूपेन्द्र शाह



काठमाडौं । ट्याङकर चालकको हडतालका कारण उपत्यकामा पेट्रोलियम पदार्थमा अभाव देखा परेको छ । दुई दिन देखी आम हडतालमा उत्रेका चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा अभाव सिर्जना भएको हो ।

पेट्रोलियम पदार्थमा अभाव सिर्जना भएपछि नेपाल आयल निगमद्वारा उपत्याका भित्र इन्धन विक्रिमा कोटा निर्धारण गरेको छ । निगमका अनुसार मोटर साईकललाई ५ लिटर र चार पाङ्ग्रे सवारीलाई १५ लिटरका दरले विक्रि वितरण गर्ने गरी काेटा निर्धारण गरेकाे जनाएको छ ।

त्यस्तै राजधानी बाहीर पनि मुलुकी संघीता ऐन २०७४ को विरोधमा सवारी चालकले गरेको आम हड्तालका कारण यातायात ठप्प पारेका छन् । जसका कारण कृत्रिम मृल्य अभावको सिर्जना देखा परेको सर्वसाधरणहरुले गुनासो गरेका छन्। यात्रुहरु गन्तव्य जान नपाउँदा निरास बनेका छन् ।

377 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank