पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

मङ्लबार, अशोज २, २०७५



काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार  सोमबारको मूल्य वृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

। मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ ।

277 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank