फेरि बढ्यो इन्धनको मूल्य

आइतवार, जेष्ठ २०, २०७५



काठमाडौं । आयल निगमले इन्धनको मूल्य फेरि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नै चौथो पटक मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले भाउ बढाएको हो । भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ।

यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति हजार लिटरमा ७५ डलर बढेको निगमले जनाएको छ।

321 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank