पेट्रोलियम पदार्थको मूल्य बद्धि ७२ घण्टा भित्र फिर्ता लिन माग

बिहिबार, बैशाख २०, २०७५



काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यबुद्धि ७२ घण्टा भित्र फिर्ता लिन माग गरेको छ । जनताका जनजीविका सँग जोडिएका सवालहरुमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिले प्रत्यक्ष रुपमा असर परेको भन्दै पेट्रोलियम पदार्थको मुल्यबुद्धि ७२ घण्टा भित्र फिर्ता लिनु पर्ने, मूल्य समायोजन बैज्ञानिक तवरवाट जनतालाई असर नपर्ने गरि हुनु पर्ने र इन्धन आपूर्ति एकद्वार प्रणालीको अन्त्य गरि

तेस्रो मूलुकबाट पनि आयात गर्न पहल गर्नु पर्ने तथा कालोबजारीलाई कडाईका साथ अन्त्य गरिनु पर्ने माग राखि ज्ञापन पत्र बुझाएका छन् । विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहद्वारा हस्ताक्षर गरिएको छ । विद्यार्थी संगठनले उधोग बाणिज्य तथा आपूर्ती मन्त्रालयमा पुगि ज्ञापन पत्र बुझाएको जनाएका छन् ।

81 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank