इन्धनको मुल्य बृद्धि

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजार मुल्यअनुसार समायोजन गरिएको बताएको छ । आज मध्यरातीबाट लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको हो । नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ५ तथा डिजल र मट्टितेल प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

नयाँ मुल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा नाफा छ । डिजल र मट्टितेलमा भने ९६ पैसा घाटा रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

भारत भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ ।

97 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank