चौथो ओडीआइ क्रिकेटमा अष्ट्रेलियाद्वारा भारत चार विकेटले पराजित

सोमवार, फाल्गुन २७, २०७५



चण्डीगढ । पिटर हेन्डस्कम्बको सानदार शतक र एस्टन टर्नरले विस्फोटक अर्धशतक प्रहार पछि चौथो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको छ । भारतलाई चार विकेटले हराउँदै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खला २–२ को बराबरीमा ल्याउन सफल भएको हो ।

चण्डीगढमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले ५० ओभरमा नौ विकेट गुमाउदै ३५८ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १४३ रनको शतकीय योगदान दिए । उनले ११५ बलमा १८ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै रोहित शर्माले ९५ रन जोडे भने रिशब पन्तले ३६ रन बनाए ।

MOHALI, INDIA - MARCH 10: Peter Handscomb o

पिटर हेन्डस्कम्ब

भारतले दिएको ३ सय ५९ रनको लक्ष्य अस्ट्रेलियले १३ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्‍यो। अस्ट्रेलियाका लागि पिटर हेन्डस्कम्बले १ सय १७ रन जोड्दा अस्टन टर्नरले ४३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा नटआउट ८४ रन जोडे। बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए।

त्यसअघि भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ४३ र रोहित शर्माले ९५ रन जोडेका थिए। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले ५ विकेट लिँदा जे रिचार्डसनले ३ विकेट हात पारे।

भारत र अष्ट्रेलियावीचको निर्णायक अन्तिम  एक दिवसीय खेल बुधबार दिल्लीमा हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank