बाल स्याहार केन्द्रमा पाँच बालबालिकाको जलेर मृत्यु

मङ्लबार, साउन २८, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाको एक बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाले ज्यान गुमाएका छन्  । गत  सोमबार पेन्सिलभेनियामा रहेको स्याहार केन्द्रमा आगलागी हुँदा बालबालिकाहरु भित्रै थुनिएकाले ज्यान गुमाउन बाध्य भएको जनाइएको छ ।

स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात वर्षसम्मका रहेको बताए । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिए ।

पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ । “अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरे, तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भयो,” सान्तोनले भने ।

उनले थपे, “हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata