२४ वर्षपछि ढल्यो चाम्लिङको सत्ता

शनिबार, जेष्ठ ११, २०७६



सिक्किम । सिक्किममा २४ वर्षदेखि मुख्यमन्त्री रहँदै आएका पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) दलले अप्रत्यासित रूपमा हार बेहोरेको छ ।

बिहीबार सम्पन्न अन्तिम मत परिणामअनुसार चाम्लिङले नेतृत्व गरेको एसडीएफ पार्टीले १५ सिट मात्र जित्न सफल भएको छ । सात वर्षअघि उनीबाटै छुट्टिएर नयाँ पार्टी गठन गरेका प्रेमसिंह तामाङ (पीएस गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिटमा विजय प्राप्त गरेको छ ।

सिक्किम संग्राम परिषद् क्षेत्रीय पार्टीबाट २५ वर्षअघि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग अलग भई पाँचपटक चुनाव जितेका चाम्लिङ २४ वर्षदेखि सिक्किमको मुख्यमन्त्री रहँदै आएका थिए । उनको पार्टीले सन् १९९४, १९९९, २००४, २००९ र २०१४ मा बहुमत सिट जितेको थियो ।

सिक्किम चीन र नेपालसँग सिमाना जोडिएको ८० प्रतिशत नेपालीभाषी रहेको राज्य हो । भारतको इतिहासमै सबैभन्दा लामो समय मुख्यमन्त्री रहेका चाम्लिङले नेतृत्व गरेको सिक्किमा एसडीएफको पार्टीको तर्फबाट उनले जिते पनि धेरै पुराना र अनुभवी नेताले हार बेहोरेका छन् ।

६ लाख ३० हजार जनसंख्या रहेको सिक्किममा ८० प्रतिशतभन्दा धेरै नेपालीभाषी छन् । विधानसभाको ३२ सिटमध्ये १२ सिट अल्पसंख्यक भुटिया लेप्चाका लागि आरक्षण गरिएको व्यवस्थाको लामो समयदेखि विरोध हुँदै आइरहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata