नारी तिमीलाई सारी सुहाउँछ

शनिबार, चैत्र ३, २०७४

- सानु पौडेल



जांगे नलगाउ नारी  तिमीलाई सारी सुहाउँछ
डान्सबार र दोहोरी भन्दा खेत बारी सुहाउँछ ।

…………………………………………………….
बदनामको फेता गुथेर महान नबन बिन्ती छ
गाउँको उकालो ओरालो अनि भारी सुहाउँछ ।

…………………………………………………….

लैनो भैंसी किन घाँसपात गर र दुध खाउ बेच
खाडिमा बेचिनु भन्दा सासूसँग जुहारी सुहाउँछ

…………………………………………………….

धर्ती माता जस्तै हो नारी भन्छन सवैले सधै नै
त्यो उजाड रानी बनलाई सल्ला घारी सुहाउँछ ।

…………………………………………………….

श्रमिती घरको गहना हो, लक्ष्मी अनि सरस्वती
तिम्रो लक्षिन्ले श्रीमानलाई टोपी र दारी सुहाउँछ ।

389 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank