प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटघाट

मङ्लबार, माघ ७, २०७६



काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटघाट भएको छ ।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान पौडेल र दाहालबीच भेटवार्ता भएको स्रोतले बतायो  । स्रोतकाअनुसार पौडेल र दाहालबीचको भेटघाट सभामुख/उपसभामुख निर्वाचनबारे केन्द्रित थियो।

‘वरिष्ठ नेतासँग पहिलेदेखि नै प्रचण्डले भेटघाट गर्न खोजिरहनुभएको थियो। वरिष्ठ नेता उपचारका लागि भारत गएर फर्केपछि आज भेटघाट भयो,’ पौडेल सचिवालयले बताएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments