पाँच बोरा पटका बरामद

बुधबार, कार्तिक ६, २०७६



काठमाडौं । टेकु स्थित पचली भैरवबाट पाँच लाख बराबरको पटका बरामद गरिएको छ । मंगलबार बेलुका काठमाडौं प्रहरी परिसर टेकु छेउबाट पाँच बोरा पटका बरामद भएको हो ।

कालीमाटीका प्रमुख एवं डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले बेलुका उक्त पटेका बरामद गरेको हो ।सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका पटका बरामद गरिएको हो । पसलका संचालक समेत पक्राउ परेका छन् ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याईएको यो ठुलो परिमाणको पटका हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata