दुई तिहाईको दम्भमा सरकार अधिनायकवादी बन्यो : अध्यक्ष जबरा

बिहिबार, असार २१, २०७५



काठमाडौं । राप्रपा प्राजातान्त्रिकका पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजीत एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले संसदमा गृहमन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए ।

उनले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुण्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै सरकार प्रति व्यग्य गरे ।

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रम कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्दि«करण गर्ने अधिनायकवादि प्रबृतिको शंकेत भएको उनले बताए । राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनाइएकोे सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको मुल सिद्धान्तको समेत खिल्ली उडाएको बताए ।

केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधेक पारित नभए सम्म मेडिकल माफियाहरुको राज चलिरहने समेत आरोप लगाएका छन् ।  उनले सरकाले बजार नियन्त्रण गर्न नसक्दा नेपाली जनताको ढाड सेकिएको र आकासिँदै गएको बजार मूल्यलाई नियन्त्रण गर्दै आपुर्ती बढाउने तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उनले उत्तर र दक्षिण तर्फ नेपालको निकासी बढाउने ठोस योजनाहरु ल्याउन नसकेका आरोप लगाए ।

रेलका सवालामा दुई ठूला देशबीच खाका बनाएर कार्यान्वयन गर्न नसके घाटाको अवस्था भोग्नु पर्ने र यस्तो अवस्थामा केवल दुई भिमकाय देशको अर्थतन्त्रका अघि फलामे बरन्डा मात्र बन्ने तर्फ समेत बेलैमा सचेत हुनु पर्नेमा जोड दिएका छन् ।
अब छिट्टै नै छरियर रहेका राप्रपाहरु एक स्थाना उभिने समेत राणाले बताए ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank