संसारकै मजबुत पासपोर्ट

सोमवार, मंसिर १७, २०७५



दुवई । संयूक्त अरब इमिरेट(यूएई)को पासपोर्ट संसारकै बलियो पासपोर्ट बन्न सफल भएको छ । डिसेम्बर २०१६ मा युएईको पासपोर्ट २७ औं स्थानमा रहेकाे थियो । डिसेम्बर २०१८ को सुचीमा १ नम्बरको स्थानमा पुग्न सफल भएको छ ।

विश्व पासपोर्ट इन्डेक्समा नम्बर एक स्थानमा पुग्न सफल भएको उपलक्षमा १ डिसेम्बरमा जायद बर्ष मनाइयाे । आफ्नो ४७ औं बर्ष गाँठ समेत मनाउँदै शेख अब्दुल्लाले भने, यो उपलब्धी युएईको संस्थापक पिता शेख जायद विरासतको एक वास्तविक प्रतिबिम्ब हो । यस्तो उपलब्धी केबल सकारात्मक कुटनीतिको माध्यमबाट मात्र हासिल गर्न सकिन्छ ।

पासपोर्ट मजबुतीको आधार भिसा मुक्त यात्रामा आधारित छ । युएईको पासपोर्ट धारक प्री- भिसा विना १६७ देशको यात्रा गर्न सक्छन् । जुन इण्डेक्समा सुचिबद्ध देशको संख्याको ८४ प्रतिशत हो ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank