मधेश बिना निर्वाचन असम्भव – जबरा

बिहिबार, पुस २८, २०७३



भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले विहिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मधेसका जायजमाग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नहुने बताए ।उनले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको जिकिर गरे ।

अन्य देशमा जसरी अंगिकृत नागरिकलाइृ नागरिकता प्रदान गर्न बर्षौ लाग्छ त्यसरी नै नेपालमा पनि लागू गर्नु पर्ने सुझाव दिए ।स्थानिय निकायको निर्वाचन भईहाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सिमांकनको बिषय नटुङ्गिए सम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

दोस्रो जनअन्दोलन पश्चात नेपालको राष्ट्रियता कमजोर भएको भन्दै राष्ट्रियताको सवाललाइ लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको जानकारी दिए ।संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए ।

150 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv