हिन्दु राष्ट्र पूनस्थापनाका लागि सडकमा उत्रन्छौं: अध्यक्ष राणा

बुधबार, जेष्ठ २२, २०७६



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) का अध्यक्ष पशुपति शमशेर राणाले हिन्दु राष्ट्र पूर्नस्थापनाका लागि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले विदेशीको इसारामा दुई चार जना नेताको स्वार्थमा धर्म निरपेक्षता आएको आरोप लगाए । उनले धर्म निरपेक्षता आम नेपाली जनताको भावना र हित विपरित रहेको भन्दै सम्पूर्ण शक्ति एक भएर धर्म निरपेक्षता उल्टाउने पर्नेमा जोड दिए ।

नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दू राष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata