कमल थापाकै कारण पार्टी एकता भाडियो: अध्यक्ष राणा

मङ्लबार, कार्तिक २७, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाaर्टी ( प्रजातान्त्रीक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाका कारण एकता प्रक्रिया भाडिएको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए ।

उनले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न एउटै पार्टीको भने हुनै नसक्ने अडान राखे । एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नभएको उल्लेख गरेका छन् । आफू पार्टी एकताको पक्षमा रहेको र लागि पर्ने पनि अध्यक्ष राणाले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank