सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ: अध्यक्ष राणा

आइतवार, असार १४, २०७७



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ र राजस्व अभावबाट हारेको सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता प्रकट गरेका छन् ।

सलह देशमा भित्रिएपछि खाद्य अभाव सिर्जना हुन सक्ने भन्दै अनिकाल र महामारीको दोहोरो चपेटमा देशमा विकराल स्थिति पैदा हुने  खतराप्रति उनले सरकारलाई सजग हुन सुझाव दिएका  छन् । कोभिड–१९ सँग हार खाएको सरकार राजस्व संकटबाट थिलथिलिएकै थियो । अब त सलहको समस्या समेत आइलागेको छ ।

आइतबार ट्वीट गर्दै अध्यक्ष राणाले भने,सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ,’  । मध्ययुगमा झैं अनिकाल र महामारीबाट देशमा विकराल स्थिति पैदा हुन सक्छ । समय साधारण छैन । सरकारले समस्या कसरी सम्बोधन गर्छ ?’ भन्दै प्रश्न समेत गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments