पशुपति आर्यघाटका कर्मचारी आन्दोलित, शवदाह नगर्ने चेतावनी

बुधबार, कार्तिक ६, २०७६



काठमाडौं । हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपति नाथ मन्दिर घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव नजलाउने भन्दै अनिश्चित कालिन आन्दोलन गरेका छन ।

बुधबार विहानै देखि घाट सेवाका कर्मचारीहरुले सेवा सुविधा बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन । उनीहरुले अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।
शवदाह गर्ने कर्मचारीहरु नै आन्दोलनमा उत्रेपछि पशुपति क्षेत्र विकास कोषले उनीहरुसँग वार्ता गरिरहेको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले उनीहरुका समस्या समाधानका लागि वार्ता भइरहेको बताएका छन ।

pashupati

घाट सेवाकेन्द्रमा ४९ कर्मचारी शव जलाउने कार्यमा कार्यरत छन् । उनीहरुले एउटा शव जजलाएबापत १ हजार ६० रुपैयाँ पाउँछन् । यो शुल्क कम भएकाले त्यसलाई बढाएर १ हजार ५ सयदेखि २ हजारसम्म बनाउनुपर्ने उनीहरुको माग छ । हाल दुईवाट विद्युतीय शवदाह गृहका लागि दुई वटा मेसिन छन् ।  दुईवटा शवदाह गृह भएकाले हाल उनीहरुले आन्दोलन गरेपनि काम नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बुधबार भएकाे वार्तामा आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवासुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। कामदारले एउटा शव जलाएबापत एक हजार पाँच सय रुपैयाँ पाउनेछन् भने अवकाश हुँदा पाँच लाख दिने सहमतिपछि आन्दोलन फिर्ता भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata