पशुपक्षी र बाली बीमा नगरपालिकाबाटै

बुधबार, असार १३, २०७५



झापा ।
निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ ।

नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उनको भनाइ छ । “जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैँ शुरु गर्छौं”, उनले भने ।

कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

91 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank