तत्काल कूटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नु पर्दछ : अध्यक्ष राणा

शनिबार, बैशाख २७, २०७७



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् ।

नेपाली भूमिमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिका विहीन देखिनुले सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जिएको बन्दै राणाले उल्लेख गरेका छन । लिपुलेक निर्विवाद रूपमा नेपालको हो भन्दै, राप्रपा अध्यक्ष राणाले सरकारले कूटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए ।

राणाले ट्विट गर्दै भने, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ । नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ ।’

उनले भने, ‘यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ । तत्काल कूटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नु पर्दछ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments