पासाङल्हामु सडक बन्द

मङ्लबार, साउन १५, २०७५



नुवाकोट ।
पासाङल्हामु सकडको त्रिशूली बेत्रावती खण्डको तिरतिरे भिरमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । विदुर नगरपालिका–१० को तिरतिरे भिरमा बिहान १०ः३० बजे बजेतिर पहिरो गएपछि सडक बन्द भएको हो ।

पचास मिटर माथिबाट आएको पहिरोले करीब १० मिटर सडक पुरेको छ । पहिरो खसिरहेकाले तत्काल हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडौँबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौँका लागि हिँडेका दर्जनौँ सवारीसाधन रोकिएको छ ।

रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडकसमेत मनकामनामा पहिरोले भत्काएर कारण सवारी साधन नुवाकोटमै अलपत्र परेको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतिका क्रममा कटिङ गरेको सडकमा पहिरो गएको हो । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank