बजेटबारे पशुपति राणाकाे टिप्पणी-कोरा कल्पनामा आधारित बजेट

शनिबार, जेष्ठ १७, २०७७



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् ।

‘यो बजेटको ठुलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ । बेरोजगारी हटाउने आश्वासनका थुप्रै पोकाहरू बाँडिएका छन् । तर समाधान हुने ठोस आधार देखिँदैन । अझ ठुलो चिन्ताको विषय त विकासलाई कसरी गति दिने भन्ने नै हो,’ अध्यक्ष राणाले भने ।

‘कोरोना भाइरस बढेर महामारीको रूप लिने स्पष्ट खतरा छ । उनले शनिबार भने, स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य रूपमा बढाएको भएता पनि बजेटले व्यवस्था गरेको विनियोजनले त्यो तहको महामारीलाई थेग्ने ल्याकत राख्दैन।

‘२०७७/७८ को बजेट सरसरती हेर्दा मैले देखेको समस्याहरू निम्न छन्,’ राप्रपा अध्यक्ष राणाले भने ।

१) ३५५ घाटा भएको बजेटले आकाश छुने मूल्य वृद्धि निम्त्याउने पक्कै छ । त्यसलाई बजेटलाई कसरी सम्बोधन गर्छ ?

२) विप्रेषणबाट हुने विदेशी मुद्राको आम्दानी घट्छ । पर्यटनबाट त ठ्याप्पै हुन्छ । यसरी आयात गर्ने विदेशी मुद्राको खाँचो पर्छ । खाँचोका कारण या त हामीले आयात घटाउनु पर्छ या शोधानान्तर स्थितिको सङ्कट बेहोर्नु पर्छ ।

३) जनताको हातमा नगद नभई माग बढ्दैन, माग नबढी अर्थतन्त्र नै चलायमान हुँदैन ।

४) कुल बजेटको २३.९५ मात्र विकास बजेट छ । त्यति थोरै पुँजीगत खर्चले कसरी ७५ को वृद्धिदर हासिल हुन सक्छ ? वृद्धिदरको लक्ष्य नै विकासयोग्य भएन ।

५) ऋणको किस्ता र ब्याज तिर्न बजेटको ११.७५ खर्च हुने प्रक्षेपण छ । के यो धान्न सकिन्छ ?

६) उद्योग र व्यवसायलाई कुनै अनुदान नदिई थोरै मात्र कर छुटको सुविधा दिइएको छ । कोरोना र त्यसले ल्याएको लकडाउनले थलिएको उद्योग व्यवसाय के यत्तिकैले पूनर्जिवितर पुनर्स्थापित हुन सक्छ ?

७) अहिले विश्वको आर्थिक परिस्थिति (मन्दीको सम्भावना) हेर्दा बजेटले आस गरेको ऋण र अनुदान दुवै उपलब्ध हुने झिनो सम्भावना छ । त्यसैले बजेटले देखाएको ५ खर्व ७४ करोड ३३ लाखको न्यून आन्तरिक वा बाह्य श्रोतबाट कसरी पूर्ति गर्ने भन्ने भरपर्दो आधार छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments